जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : उपेन्द्र यादव


२०८२ असार १० मंगलबार ०९:४९ बजे
फाइल फोटो

भक्तपुर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारलाई भने कुनै असर नपार्ने बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उनले पाँच सांसद रहेको आफ्नो दलको समर्थन फिर्ताले सरकारलाई खासै असर नपर्ने बताए।

अध्यक्ष यादवले भने, ‘हामीले जुन विषय र कुरा उठान गरेर सरकारलाई समर्थन गरेका थियौँ, त्योअनुसार सरकार चलेन, हामीले भने जस्तो नहुने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयमा हाम्रो पार्टी पुगेको हो । तर हाम्रो पाँच सांसद मात्रै रहेकाले हामीले समर्थन फिर्ता लिएर पनि सरकार सञ्चालनमा कुनै असर भने पर्दैन ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७