देउवाले गरे प्रधानमन्त्री ओलीसँग एक घण्टा छलफल


२०८२ असार ९ सोमबार ०४:४१ बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधामनन्त्री केपी शर्मा ओलीसँग आज (सोमबार) साँझ एक घण्टा लामो छलफल गरेका छन्। उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा बालुवाटार पुगेका थिए। 

‘उहाँहरूबीच एक घण्टा छलफल भयो,’ स्रोतले सुनायो, ‘क्याबिनेट बैठक अघि भेटघाट भएकाले केही विषयमा समझदारी जुटेको हुनुपर्छ।’ बालुवाटार र देउवा निकट स्रोतका अनुसार बजेट पारित गर्ने, टेक एण्ड पे फिर्ता लिने र भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने लगायत विषयमा छलफल भएर समझदारी पनि जुटेको छ। जसलाई अहिले केहीबेरपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सम्भावना छ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७