६१ किलो सुन तस्करी प्रकरण : अमला रोकासँग दुई लाख धरौटीमा छाड्न आदेश


२०८२ असार ९ सोमबार ००:३४ बजे

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई दुुई लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले रोक्कालाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो । रोकाले धरौटी बुझाए पनि छुटेकी भने छैनन्। सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएको भन्दै उनलाई पठाउने तयारी रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिएका छन् । ‘दुई लाख धरौटी माग भएको थियो। धरौटी बुझाइसक्नु भयो। उहाँलाई सम्पत्ति शुद्धीकरण विभागमा पठाएका छौं,’ उनले भने।

सिआइबीले उनलाई गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। डेढ वर्ष भन्दा बढी समयदेखि फरार उनलाई सीआइबीले पक्राउ गरी आइतबार अदालतमा पेस गरेको थियो । सोमबारसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश लम्सालले धरौटी माग गरेका थिए। रोक्का ठमेलमा रहेको भियना होटलका सञ्चालक समेत हुन्। २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक–शुमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। भन्सार जाँच पास भएर छुटिसकेको ब्रेकशु विभागले नियन्त्रणमा लिएको थियो।

उक्त ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो। पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो। दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको खुलेको थियो । विभिन्न नक्कली कम्पनी खडा गरी चीनबाट विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको खुलेको थियो । सुरूमा यसको अनुसन्धान विभागले नै गरेको भए पनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर गरेको थियो । सीआइबीले अनुसन्धान सुरू गर्नु अगावै राजस्व अनुसन्धान विभागले २०८० साउन १४ गते दावा छिरिङलाई पक्राउ गरेको थियो। तर श्रीमती रोक्का भने फरार थिइन्।  २०८० भदौमा पहिलो चरणमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। २६ जना पक्राउ परेका थिए । तीन जना फरार थिए । 

अमलासँगै भोला साह, जीवन चलाउने पनि फरार थिए।  त्यतिबेला अदालतमा पेस गरिएका मध्ये एक जना बाहेक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। दोस्रो चरणमा यही मुद्दामा २०८१ असारमा सीआईबीले मुद्दा पेस गरेको थियो। त्यतिबेला १९ जना प्रतिवादी बनाइएकोमा १६ जना पुर्पक्षका लागि थुनामा र ३ जनासँग धरौटी माग गरिएको थियो। सुन प्रकरणको दोस्रो चरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। जसमध्ये केही पहिलो चरणमै पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेकाहरू पनि छन्। उनीहरू विरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको छ। भन्सार ऐन, क्रिप्टो करेन्सी र नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७