अमला रोकाको मुद्दा ‘हेर्दाहेर्दै’ मा, हिरासतमै पठाइयो


२०८२ असार ८ आइतबार ०१:०७ बजे

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ। आज (आइतबार) थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। योसँगै रोका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा फर्केकी छिन्। रोकाको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा परेको थियो।

सम्भवत भोलि सोमबार थुनछेक बहस सकिने बताइएको छ। बहस सकिएको अवस्थामा रोकालाई धरौटी तथा तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउनेमध्ये एक आदेश हुनेछ। सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो। उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रीमती समेत हुन्।ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो। १९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो। अमला रोल्पाकी माओवादी नेतृ समेत हुन्। रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७