कांग्रेस–एमाले सांसद बोल्न थालेपछि संसदबाट बाहिरियो रास्वपा


२०८२ असार ८ आइतबार २०:४० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध गरेपछि उनीहरू बाहिरिएका हुन्। सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरू खर्च कटौतीको प्रस्तावमा बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका हुन्। उनीहरू प्रतिपक्षी दलका सांसदहरू बोल्दा भने बेलमा उभिएर सुनेका थिए। रास्वपाका प्रवक्ता मनिष झाले विरोधस्वरुप बैठक बहिष्कार गरेको बताए। 

रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ। तर, संसदमा रास्वपाको अवरोधको बेवास्ता गर्दै सभामुखले संसद्को काम कारबाही रोकेका छैनन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै रास्वपाका सांसदहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन्। उनीहरू गत जेठ १३ गतेदेखि निरन्तर अवरोधमा उत्रिएका छन्।  रास्वपासँगै राप्रपाले पनि संसदमा विरोध जनाईरहेको छ। उसले निरन्तर संसद वैठक बहिष्कार गर्दै आएको छ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७