निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो : एमाले

काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन्। आज (विहीबार) संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले निजामती विधेयकलाई रोक्ने सरकारको कुनै योजना नरहेको भन्दै यस विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाए।
सरकारकै पहलका कारण उक्त विधेयक समितिबाट छिटो पारित भएर संसदमा आएकाले प्रतिपक्षीले अनावश्यक राजनीति गर्न जरुरी नरहेको उनको भनाइ छ। बर्तौलाले प्रधानमन्त्रीले समेत उक्त विधेयक छिटो पारित गर्ने वातावरण बनाउन निर्देशन दिइसकेको भन्दै कुनै शंका नगर्न आग्रह गरे। असार १५ गते अगाडि नै विभागीय मन्त्रीसँग छलफल गरेर उक्त विधेयकलाई सदनबाट अघि बढाइने उनको भनाइ छ। अहिले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने अवस्था भएकाले नियमित विधेयकलाई रोकेर बजेटमाथिको छलफललाई तीव्रता दिइएको बता ।