चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान


२०८२ असार ४ बुधबार २१:११ बजे

काठमाडौं । सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि बुधबार दरखास्त आह्वान गरेको छ। स्वास्थ्य मन्त्रालयले कर्णाली, पोखरा, वीपि कोईराला, र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो। 

मन्त्रालयले ७ दिनको अवधि दिएर मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेकाबाट आवेदन आह्वान गरेको हो। यी चारवटै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रिक्त भएको महिना दिन वितिसकेपछि बल्ल मन्त्रालयले उपकुलपतिका लागि आवेदन माग गरेको हो।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७