अभिनेत्री दियाले गरिन् युरोपको सबैभन्दा अग्लो शिखर आरोहण


२०८२ जेठ २९ बिहीबार २०:२३ बजे

काठमाडौं । अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) को सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रालिले आयोजना गरेको थियो। यस उपलब्धिसँगै उनले ‘सेभेन समिट्स’ चुनौतीमा, सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्वाकांक्षी लक्ष्य अघि बढाएकी छन ।

अहिलेसम्म पुनले सातमध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन् : माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका), र अहिले माउन्ट एल्ब्रुस (युरोप)। उनका आगामी लक्ष्यमा कास्र्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका), र माउन्ट विन्सन (अन्टार्कटिका) समावेश छन्।

दिया पुनले आफू अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्लो’ को पोस्टर र नेपालको झण्डा साथमा लगेकी थिइन्। उनको अभिनय रहेको चलचित्र ‘एक्लो’ अहिले चर्चामा छ । केही हप्ता अघि मात्र चलचित्र ‘एक्लो’ ले कान्समा स्टल राखेर चलचित्रको मार्केटिङ गरेको थियो। कान्स पछि ‘एक्लो’ को चर्चा बढेको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७