‘पार्टीभित्र आन्तरिक एकता जरुरी’


२०८२ जेठ २८ बुधबार ०७:५८ बजे
फाइल फोटो

कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र आन्तरिक एकता हुन जरूरी रहेको बताएका छन्। नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक एकता नभए आगामी निर्वाचनमा उपलब्धि हासिल गर्न कठिन हुने बताए। 

पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताउँदै उनले त्यस्तो अवस्थामा जनवर्गीय संगठन सक्रिय भएर अग्रपंक्तिमा उभिनुपर्ने बताए। उनले भने, ‘पार्टी संकटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ। एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ।’ उनले सुदूरपश्चिममा खेलकुदको पूर्वाधार र नीतिगत सुधारमा राज्यको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए।

नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूको ठूलो सम्भावना रहेको बताए। उनले समृद्धिका लागि खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने बताउँदै विशेष गरी क्रिकेट खेलमा यहाँ ठूलो सम्भावना रहेकोले स्तरीय क्रिकेट मैदान निर्माणको आवश्यकता रहेको बताए। 

कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले पार्टीमा संकट उत्पन्न भएका बेला महासंघको भूमिका महत्वपूर्ण हुने बताउँदै आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाउन महासंघले सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७