काठमाडौं टोखामा प्रहरीले चलायो गोली 


२०८२ जेठ २७ मंगलबार ०८:५९ बजे

काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ। टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो। गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ । मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । घाइते उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदैछ । घाइतेको नाम भने खुलेको छैन।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७