रास्वपाका कोशी प्रदेश सभापति तिम्सिनासहित दुई नेताको सदस्यता खारेज


१७:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेश सभापतिसहित दुई नेताको सदस्यता खारेज गरेको छ।रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान सभापति राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीको पार्टी सदस्यता खारेज गरी केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको हो ।

पार्टीको अनुशासन आयोगको प्रतिवेदन सहितको सिफारिसका आधारमा तिम्सिना र मैनालीको सदस्यता खारेज गरी अनुमोदनका लागि केन्द्रीय समितिमा लैजाने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । तिम्सिनालाई केही समयअघि पार्टी अनुशासन आयोगले निलम्बन गरेको थियो । उनी अहिले पितृशोकमा रहेको रास्वपाका नेताहरूले बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७