सूर्य थापाको प्रस्ताव : नोटमा पृथ्वीनारायण शाहको तस्वीर राखौं, इज्जत बढ्छ


१६:४३ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीर राख्न प्रस्ताव गरेका छन्। आज (सोमबार) अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) बारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्वीर नोटमा राखिनु पर्ने बताएका हुन्। 

उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्वीर नोटमा राख्नु उचित हुने बताए । उनले पृथ्वीनारायण शाहको तस्वीर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताए। 

गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उनले भने, ‘म राजावादी होइन, गणतन्त्रवादी हो। गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनारायण शाहको फोटो नोटमा राख्नु पर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ।’ उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताएका छन्। उनले यसले नोटको महत्व बढाउने बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७