कांग्रेस–एमालेको सरकारप्रति चीन खुशी छ : मन्त्री भण्डारी


१६:४८ बजे

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्व टोलीलाई चीन सरकारले उच्चस्तरको सम्मान दिएको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भण्डारीले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने काम गरेको बताए। ‘दुई देशका बीचमा आपसी सम्बन्धलाई बलियो बनाउने र नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ। त्यसले राजनीतिक स्थायित्व दिन्छ र त्यो राजनीतिक स्थायित्व प्रति खुशी व्यक्त गर्नुभयो’, उनले भने।एमालेका नेता तथा उद्योग मन्त्री दामोदर भण्डारीले अहिलेको सरकारप्रति चिनियाँ पक्ष खुशी रहेको दाबी गरे।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई ठूला पार्टी मिलेर सरकार बनेपछि नेपालमा राजनीतिक स्थायित्व दिने विश्वास चिनियाँ पक्षले राखेको बताए। भ्रमणका क्रममा एमालेका तर्फबाट विदेश विभाग प्रमुख रघुबीर महासेठ र सरकारका तर्फबाट मन्त्रीको हैसियतमा आफूले संवादहरुमा भाग लिएको पनि उनले बताए। गत १० जेठमा बेइजिङ गएको भ्रमण टोली आज स्वदेश फर्किएको छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७