२५० करोड हिनामिना गरेर फरार कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख राय पक्राउ


२०८२ जेठ १८ आइतबार १०:२२ बजे

काठमाडौं । २५० करोड बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बलहियाबाट पक्राउ गरेको हो। सल्यान घर भएका राय हाल बाँकेको नेपालगज महानगरपालिका वडा नम्बर–२० मा बस्दै आएका थिए । 

हिजो (शनिबार) पक्राउ परेका रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको असुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्तासमेत रहेका डीएसपी युवराज खड्काले जानकारी दिए। करोडौँ रुपैयाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७