बालुवाटारतर्फ अघि बढ्यो राजावादीकाे प्रदर्शन, घुसपैठको आरोपमा एक जना पक्राउ


१६:३१ बजे

काठमाडौँ । व्यवस्था उल्टाउने भन्दै बिहीबारदेखि आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन्।

आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले  पूर्व निर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका (रत्नपार्क) मा प्रदर्शन गरेको हो ।

राजावादीको आन्दोलन शान्तिवाटिकाबाट बालुवाटारतर्फ र्‍यालीसहित अगाडि बढेको छ। सो क्रममा त्रिचन्द्र अगाडी केहीबेर धकेलाधकेल भएको छ। यस क्रममा घुसपैठ गरेको आरोपमा एक जना पक्राउ समेत परेका छन्। उनको परिचय खुलाइएको छैन।

आफूहरुले प्रदर्शन गर्न लागेको ठाउँलाई निषेधित क्षेत्र तोकेपछि राप्रपाले राजावादीसँग सरकार डराएको निष्कर्ष निकालेको छ। बैठकको समीक्षा गर्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको पुष्टि भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७