गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे तर, अफताफ आलमको लागि रहेछ : सांसद शाही


१६:५९ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गणतन्त्रसम्बन्धी व्यङ्ग्यात्मक कविता लेखेका छन् ।

आज (शनिबार) सामाजिक सञ्जालमार्फत शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै व्यङ्ग्य गरेका हुन् । उनले जताततै भ्रष्टहरूको रजगज भएको र गाउँ–गाँउमा छोटे सरकारलाई मोज र भ्रष्ट, दलाल, तस्करी र बिचौलियालाई भोज भएको कवितामा उल्लेख गरेका छन् ।

हेर्नुस शाहीको कविता

साथीहरूले गणतन्त्र  
निर्मला पन्तको लागि आयो भन्थे !
तर अफताफ आलमको लागि रहेछ ।।
जताततै भ्रष्टहरूको रजगज भएछ ।।
गाउँ–गाँउमा छोटे सरकारको मोज भएछ ।
भ्रष्ट, दलाल, तस्करी र बिचौलियाको भोज भएछ ।।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७