ट्रकको ठक्करबाट वृद्धको मृत्यु

दार्चुला । बैतडीमा मिनि ट्रकको ठक्करले एक वृद्धको मृत्यु भएको छ । शुक्रबार राति सुर्नया गाउँपालिका–५ बिष्टपालीमा ट्रकले ठक्कर दिदा स्थानीय ८१ वर्षीय महाबिर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शुक्रबार राति सवा ९ बजेको समयमा धनगढीबाट बिष्टपाली गइरहेको सु.प.प्र.०१००१ क १८१३ नम्बरको मिनि ट्रकले सडक छेउमा हिडिरहेको अवस्थामा ठक्कर दिएको थियो । मिनि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बिष्टलाई उपचारका लाागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको बैतडी प्रहरिका प्रवक्ता बल्देव बडूले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।