नारायणहिटी दरबार आसपास निषेधित क्षेत्र घोषणा


२०८२ जेठ १६ शुक्रबार १६:३५ बजे

काठमाडौं । काठमाडौंको दरवारमार्ग आसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुने गरी नारायणहिटी दरवार संग्रहालय आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जय नेपालसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम राष्ट्रिय सुरक्षा समितिको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो ।

राजावादीहरूले भोलि दरवारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । पछिल्लो समय राजावादीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।  त्यस्तै केही दिनअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी परिसरमा गएका थिए । त्यस्तै उनी जेठ १९ गते पनि नारायणहिटी दरबार जाने तयारी रहेको बताइएको छ । त्यसअघि प्रशसनले नारायणहिटी संग्रहालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

शनिबार राजावादी प्रदर्शनकारी नारायणहिटी परिसर जाने तयारीमा छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले फेसबुकमार्फत भनेका छन्, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापनाको निम्ति सुरु आन्दोलन भोलि पनि जारी रहनेछ । भोलि जेठ १७ गते दरबार मार्ग, महेन्द्र शालिकबाट प्रदर्शन सुरु हुनेछ । आजको उत्साहजनक सहभागिताको निम्ति आभार । भोलि अझ बढी व्यापक सहभागिताको निम्ति अपिल गर्दछु ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७