प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष चालिसेको निधन


२०८२ जेठ १६ शुक्रबार १७:०३ बजे

काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार विजय चालिसेको निधन भएको छ। गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा वरिष्ठ साहित्यकार चालिसेको आज बिहान ९ः३० बजे ७४ वर्षको उमेरमा निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

उनको अहिले गोकर्णेश्वर घाटमा दाहसंस्कार हुने पाण्डेले बताए । चालिसेको अन्तिम संस्कारको लागि उपस्थिति हुन प्रेस चौतारी नेपालले पत्रकारहरूलाई अनुरोध गरेको छ। उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । चालिसे प्रेस स्वतन्त्रताको पक्षमा दृढ रुपमा उभिने एक अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन्। चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । चालिसे नेपाली साहित्य र पत्रकारिता क्षेत्र उतिकै सक्रिय थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७