अर्थतन्त्र सकारात्मक लयमा उन्मुख : अर्थमन्त्री
चालु आवमा ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने संशोधित अनुमान

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सकारात्मक लयमा उन्मुख भएको बताएका छन् । उनले अघिल्लो वर्ष ३.७ प्रतिशत आर्थिक वृद्धि रहेकोमा यो वर्ष ४.६ प्रतिशत पुग्ने प्रक्षेपण रहेको भन्दै यस्तो बताएका हुन् ।
उनले अघिल्लो वर्ष नकारात्मक रहेका उत्पादनमूलक तथा निर्माण क्षेत्र यो वर्ष सकारात्मक हुने भन्दै यो अर्थतन्त्र सुधार हुँदै गरेका उल्लेख गरेका हुन् । उनले बाह्य क्षेत्र सकारात्मक रहेको, वित्तीय क्षेत्रमा पर्याप्त तरलता रहेको बताएका हुन् ।
चालु आवमा ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने संशोधित अनुमान
चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन् ।
यस वर्ष सकरारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो अब १६ खर्ब ६२ अर्ब अर्थातः ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो । चालु खर्च विनियोजनको ८८.५ प्रतिशत र पूँजीगत तर्फ ८३ प्रतिशत प्रतिशत हुने सरकारको अनुमान छ । वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत खर्च हुने भएको छ । यस आवमा राजस्व परिचालन १७.१ प्रतिशतले बढ्ने अनुमान अर्थमन्त्रीले गरेका छन् ।