वारि राजावादी, पारि एमाले, भेट हुन नदिन बीचमा सुरक्षाकर्मी


२०८२ जेठ १५ बिहीबार १६:३५ बजे

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि राजावादीहरूले निकालेको जुलुस रत्नपार्कतर्फ अगाडि बढेको छ। विभिन्न ठाउँबाट आएको जुलुस अहिले रत्नपार्कतर्फ अगाडि बढिरहेको छ।

सबैतिरबाट आएका जुलुस रत्नपार्कमा भेला भइसकेपछि टुँडिखेल परिक्रमा गर्नेछ। काठमाडौंका ७ स्थानबाट राजावादीको जुलुसहरू निस्किएका छन्। मैतीदेवीबाट निस्किएको जुलुसको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन्। उक्त जुलुसमा पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको पनि सहभागिता छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेका छन्। एमालेले गणतन्त्रको उत्सव मनाइरहँदा राजावादीको  र्‍याली रत्नपार्क पुगेको हो । त्यहाँ केहीबेर दुई समूहबीच घम्साघम्सी चलेको छ। तर बाक्लो रुपमा सुरक्षाकर्मी खटिएकाले अवस्था बिग्रन दिएन। 

दुवै समूह एकअर्काप्रति आक्रामक देखिएका छन्। प्रहरी दुई समूहलाई भेट हुन दिएको छैन। एमालेले गणतन्त्रको पक्षमा उत्सव मनाउने र राजावादीले अहिलेको व्यवस्थाविरोधमा एकै स्थानमा कार्यक्रम गरेका हुन् । तर प्रशासनले उनीहरूसँग समन्वय गरेर छुट्टा छुट्टै समय तोकेको थियो। एमालेलाई २ बजेसम्ममा कार्यक्रम सक्न भनिएको थियो।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७