राजावादीको आन्दोलनमा दुर्गा प्रसाई समूह सहभागी नहुने

काठमाडौं । आज (बिहीबार) राजावादी समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनमा दुर्गा प्रसाई समूह सहभागी नहुने भएको छ ।
आज प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी नहुने बताएको हो । अध्यक्ष नै थुनामा रहेको अवस्थामा प्रदर्शनमा सहभागी नहुने महाअभियाले उल्लेख गरेको छ । गत चैत १५ गतेको हिंसात्मक घटनापछि प्रसाईँ थुनामा छन् ।