नागढुंगा–नौबिसे सडकमा लामो जाम, यात्रुलाई सास्ती


२०८२ जेठ १५ बिहीबार १६:४४ बजे

काठमाडौं । नागढुंगा–नौबिसे क्षेत्रको सडकमा हिजोदेखि सडक जाम हुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । प्रहरीले दिएको जानकारीअनुसार दिउँसोको समयमा बाटो रोकेर कामलाई तीव्रता दिइएको हुँदा बेलुका र बिहान त्यसको चाप पर्ने गरेको थियो ।

तर धार्केमा पुलमा प्वाल परेपछि गरिएको डाइभर्सनका कारण थप समस्या भएको थियो । नागढुंगा नजिकै गए राति एउटा बस नालीमा खसेका कारण जाम थप बढेको थियो । दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । उकालोमा ब्रेक नलागेर बस ब्याक भएको र नालीमा खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बस नालीमा खस्दा दुई जना यात्रुलाई सिसाले काटेर सामान्य घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।‘नागढुंगाभन्दा तल उकालोमा एउटा ट्रक बिग्रिएका कारण रातभर नै समस्या जस्तै भयो’, एक प्रहरीले अधिकारीले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७