एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक, दुर्लभ रोगले ग्रसित थिइन् विमला


२०८२ जेठ १५ बिहीबार १७:१० बजे

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ । उनकी पत्नी  विमला महतको गए राति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  लामो समयदेखि बिरामी विमलाको आज राति निधन भएको हो ।

पण्डितले सामाजिक सञ्जालमा लेख्दै जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको लेखेका छन् । विमला डेढ वर्षदेखि माया साइटिस भन्ने दुर्लभ रोगबाट ग्रसित थिइन् । पण्डित र विमलाको अन्तरजातीय विवाह भएको हो । लालबाबु र विमलाबीच विवाह हुँदा विमला ललितपुरको सैंवु गाविस–४ को वडाध्यक्ष थिइन् ।

लालबाबु भने पूर्णकालीन राजनीतिमा थिए । उनीहरूको विवाह पार्टीकै आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा भएको हो । यो रोगले मांसपेशीलाई कमजोर बनाउने, मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, रोगले च्यापेको बेलामा भर्खर जन्मेको बच्चा जस्तै लल्याकलुलुक हुने समस्या गराएको थियो । श्रीमती बिरामी भएपछि लालबाबु सार्वजनिक कार्यक्रममा एकदमै कम उपस्थित हुने गरेका थिए । उनी श्रीमती स्याहारेर बसेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७