रेशमलाई थुनाउने सर्वोच्चका अधिकृत विष्ट निलम्बित


२०८२ जेठ १४ बुधबार ०६:१६ बजे

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले आफ्ना शाखा अधिकृत महिमानसिंह विष्टलाई विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ । उनलाई तत्काल निलम्बन गरी जाँचबुझ अगाडि बढाइएको हो । उनले अनुशासनहीन काम गरेको आरोप लगाउँदै विभागीय सजाय गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्दै तत्काल निलम्बनको निर्णय गरेको हो ।

सर्वोच्च प्रशासनले निलम्बनसम्बन्धी निर्णयको बोधार्थ न्याय सेवा आयोगलाई पनि दिएको छ । थप जाँचबुझ गर्दा दोषी देखिएमा उनी सरकारी सेवाबाट हट्ने छन् । निजामती सेवा ऐनको दफा ६१ मा कुनै कर्मचारीले अनुशासनहीन काम गरेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।  यसरी सेवाबाट हटाउनुअघि आरोपित कर्मचारीलाई निलम्बन गरी जाँचबुझ गर्न सकिने दफा ६४ मा उल्लेख छ ।

विष्टविरुद्ध गलत सूचना दिएको र लिखतसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा पनि चलिरहेको छ । अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । वैशाख १७ गते पक्राउ परेका उनी जेठ ५ गते अदालतबाट धरौटीमा छुटेका हुन् । जिल्ला अदालतबाट छुटेपछि हाजिर हुन सर्वोच्च गएका उनलाई त्यहाँको प्रशासनले निलम्बनको पत्र थमाएको थियो ।

टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका रेशम चौधरी महिमानले लेखेको पत्रका आधारमा वैशाख १७ गते ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए । त्यही दिन हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७