तीर्थराज भट्टराईलाई मैले सरुवा गरेर गृहमा ल्याएको होइन : लेखक

लेखकको प्रचण्डलाई प्रश्न-तपाईले नियुक्त गरेका मुख्य सचिवमाथि प्रश्न उठ्दा तपाईंको राजीनामा मागियो ?


२०८२ जेठ १४ बुधबार ०१:२७ बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराई ०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेर काम गरेको बताएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गरेर आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेको मान्छे अध्यागमन विभागको प्रमुख भएर काम गर्न गएको बताए ।

उनले आफूले पछिल्लो पटक गृह मन्त्रालयमा सरुवा गरेर नल्याएको पनि दावी गरे । ‘मैले गृह मन्त्रालयमा अन्तबाट सरुवा गरेर ल्याएको होइन । मैले दिएको जिम्मेवारीभन्दा अरुले धेरै जिम्मेवारी दिएका व्यक्ति हुन्,’ उनले भने । उनले भट्टराईलाई आफूले अचानक सरुवा गरेर भट्टराईलाई गृह मन्त्रालयमा नल्याएको पनि बताएका छन् ।

‘निरन्तर ०७७ सालेदेखि गृहमन्त्रालयमा काम गरिरहनुभएको छ । अत्यन्तै महत्वपूर्ण विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिरहनुभएको मान्छे कार्यालयको प्रमुख भएर जानुभएको हो,’ गृहमन्त्री लेखकले भने, ‘यो विषयलाई यसरी प्रचार गरिएको छ कि, अचानक त्यो ठाउँमा सरुवा गरेँ भन्ने होइन । मैले कसैका प्रति आग्रह पूर्वाग्रह राखेर निवेदन गरेको छैन । यो विषय यथार्थ हो । यथार्थ विषयलाई यहाँ ल्याएको हुँ ।’ उनले राजनीतिक वा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि पनि निरन्तर रुपमा छानबिन हुने गरेको भन्दै यसलाई पनि त्यसैगरी लिन आग्रह गरेका छन् ।

लेखकको प्रचण्डलाई प्रश्न– तपाईले नियुक्त गरेका मुख्य सचिवमाथि प्रश्न उठ्दा तपाईंको राजीनामा मागियो ?
गृहमन्त्री लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठ्नु नै आपत्तिजनक भएको बताएका छन् । उनले प्रचण्डप्रति संकेत गर्दै भने, ‘आफैले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा अहिलेका जस्ता कुरा उठे ? मैले उठाएँ ?  मैले संसदमा उभिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनें ?’ उनले चरित्रहत्या र बदनाम गर्ने काम भत्र्सनायोग्य हुने र मन्त्रालयका तर्फबाट छानबिनमा पूर्ण सहयोग रहने बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७