विपक्षीले अडान नछोडेपछि स्थगित भयो प्रतिनिधिसभा वैठक

काठमाडौं । प्रतिनिधिसभाको आज (बुुधबार) को बैठक सूचना टाँस गरेर स्थगित भएको छ । विपक्षी दलहरुको अवरोधपछि भोलि दिउँसो साढे १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
यसअघि आज बिहान ११ बजेलाई बोलाइएको बैठक झण्डै एक घण्टा ढिलो गरी सुरु भएको थियो । बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । आज बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजे मात्रै सुरु भएको थियो । चार मिनेटमात्रै बसेको बैठकमा विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले ३० मिनेटको लागि स्थगित गरेका थिए ।
बैठक स्थगितको सूचना सुनाएर प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । उनले आजको बैठक सुरु हुनुअघि पनि प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । त्यस अवधिमा पनि बैठक सञ्चालनबारे दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुखले दिउँसो साढे ३ बजे बैठक बस्ने सूचना गरेका थिए । आधा घण्टालाई स्थगित बैठक सुरु नभएपछि साढे ३ बजेलाई सारिएकोमा प्रतिपक्षीको अडानपछि भोलिलाई बोलाइएको हो ।
गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको विषयमा आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री लेखकसहित प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो । गृहमन्त्रीले राजीनामा नदिने तर संसद्मा बोल्न दिनेबारे छलफल भएको थियो ।