शान्तिपूर्ण आन्दोलन हुन्छ, हिंसा भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : प्रमुख सचेतक शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बिहीबार शान्तिबाटिकामा शान्तिपूर्ण आन्दोलन हुने बताएका छन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने र कुनै पनि हिंसा भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताए।
उनले संविधानको उल्लंघन गर्दै प्रधानमन्त्रीले आफूहरू लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप समेत लगाएका छन्। प्रमुख सचेतक शाहीले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अगाडि बढ्न नदिने बताए । उनले देशका नागरिक बेच्ने गिरोहलाई कारबाही गर्न संसदमा आवाज उठाउँदा पनि सरकारले अटेरी गरे सैह्य नहुने चेतावनी समेत दिए । उनले प्रतिपक्षले मंगलबारकै बैठकमा आफ्ना कुरा राख्छु भन्दा प्रतिपक्षले समय नपाउँदै सत्ता पक्षका सांसदले पाउने भन्ने विषय कुनै हालतमा मान्य नहुने बताए।