पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी


२०८२ जेठ १४ बुधबार ०१:३१ बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा ससंदमा कुरा राख्न नपाए पत्रकार सम्मेलन गरेर कुरा राख्ने तयारी गरेका छन् । गृहमन्त्री सचिवालय स्रोतका अनुसार गृहमन्त्री लेखकले सुरुमा संसदमा बोल्न प्रयास गर्ने र नपाए ल्होत्से हलमै पत्रकार सम्मेल गर्ने तयारी गरेका छन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने माग गरिरहेको छ । सत्तापक्षले भने गठबन्धनविरुद्ध आक्रमणका रुपमा गृहमन्त्रीको राजीनामालाई लिएको छ । बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा गर्न नपर्ने निष्कर्ष निकालेको थियो । सभामुख घिमिरेले ११ बजे बोलाएको प्रतिनिधिसभा बैठक यही विवादका कारण सुरु हुन् सकेको छैन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७