प्रतिनिधिसभा बैठकको समय सर्‍यो


२०८२ जेठ १४ बुधबार ०२:५९ बजे

काठमाडौं । प्रतिनिधि सभा बैठक अपराह्न ३ः३० बजेसम्मका लागि स्थगित भएको छ। दिउँसो १ः१० मिनेटमा आधा घण्टाका लागि भन्दै स्थगित भएको बैठक सहमति जुट्न नसकेपछि सूचना टाँसेर पुनः ३ः३० बजेका लागि सारिएको हो ।  

भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदनमा आवाज उठाएपछि मंगलबारदेखि बैठक बस्न सकेको छैन ।  मंगलबार पनि आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आजका लागि सारिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७