न्युजिल्याण्डका उपप्रधानमन्त्री काठमाडौंमा


२०८२ जेठ १४ बुधबार २२:३९ बजे

काठमाडौँ । न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। उपप्रधानमन्त्री पिटर्स आज (बुधबार) काठमाडौँ आइपुगेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उनी काठमाडौँमा रहने छन् ।

न्युजिल्याण्डबाट यो पहिलो उपल्लो तहको राजनीतिक भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। श्रीलङ्काको भ्रमण सकेर पिटर्स नेपाल आएका हुन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि उनले बुधबार नै भेट्ने कार्यक्रम छ।

साँझ परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार बिहान उपप्रधान तथा विदेशमन्त्री पिटर्स लुक्ला जाने र फर्केपछि काठमाडौँका विश्व सम्पदास्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। पिटर्स बिहीबार साँझ दिल्लीका लागि उड्ने छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७