संसदमा बोल्न समय माग गरेको छु : गृहमन्त्री लेखक

काठमाडौ । गृहमन्त्री रमेश लेखकले आफ्ना विषयमा उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभामा समय माग गरेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको सचिवालय लगायतका अधिकारीसहितको बैठकपछि लेखकले संसदमा आफ्ना धारणा राख्न समय माग गरेको जानकारी दिए।
बालुवाटार बैठकमा संसद् खुलाउनेबारेमा पनि छलफल भएको लेखकले बताए। त्यहाँबाट नै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोनमा कुराकानी गरेका थिए । संसद् खुलाउनेबारे प्रधानमन्त्रीले प्रचण्डसँग कुराकानी गरेका हुन्।
गृहमन्त्री लेखकले भने संसदमा आफ्ना धारणा राख्न समय माग गरेको जानकारी दिए। ‘संसदमा बोल्नका लागि मैले समय माग गरेको छु। संसद अगाडि बढ्न दिने, नदिने प्रतिपक्षको कुरा भयो,’ लेखकले भने । विपक्षी माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूको बैठकले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नसक्ने निर्णय गरेको छ।