एकीकृत समाजवादीको कार्यकर्ता भेला बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बिहीबार यहाँ कार्यकर्ता भेला गर्ने भएको छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ ।
मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा विचारविमर्श हुने उपप्रमुख अर्यालले जानकारी दिए । यसैबीच, १८औं गणतन्त्र दिवसका अवसरमा पार्टीले देशका विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षरोपण, रक्तदान, दिपावलीलगायत गतिविधि गर्ने जनाइएको छ ।