युवा संघको मतगणना : पुरीलाई उछिन्दै थेबेको अग्रता

पोखरा । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको जारी मतगणनामा सुमन पुरीलाई उछिन्दै क्षितिज थेबेले अग्रता बनाएका छन् । उनले हालसम्म २२१ मत पाएका छन् भने पुरीको १९२ मत रहेको छ। गण्डकी प्रदेशमा क्षितिज थेबेले ८४ मत ल्याउँदा सुमन पुरी ३९ मतमा रोकिएका छन् ।
विशेष प्रदेशमा थेबेको ३४ र पुरीको ३४ मत आएको छ । युवा संघको आज सम्पन्न निर्वाचनमा १,४०४ मत खसेको थियो । विद्युतीय मतदान भएकाले केहीबेरमै सबै परिणाम आउने निर्वाचन समितिका सदस्य जय गुरुङले जानकारी दिएका छन् ।