शेखरको प्रश्न : के बाध्यता आइपर्‍यो प्रधानमन्त्रीले जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?


२०८२ जेठ १३ मंगलबार ०७:४५ बजे

मोरङ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रित भएको सुन्दा अचम्म लागेको बताएका छन्।

मोरङको विराटनगरमा आयोजित कार्यक्रममा उनले भने, ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला।  भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला। तर, कुरा त मेरैबारेमा मात्रै भएछ।’

नेता कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैरराजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिकरूपमा कहीँ कतै नबोलेकोमा आफू छक्क परेको बताएका छन्। प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ हुने उनको भनाइ छ। ‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे–जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?,’ उनले प्रश्न गरे। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७