असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारी छ : शिक्षामन्त्री


२०८२ जेठ १३ मंगलबार ०७:१६ बजे
फाइल फोटो

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएको सहमतिका आधारमा असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको बताएका छन् । आज (मंगलबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले आगामी असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमतिअनुसार त्यसअघि नै ऐन जारी गर्ने तयारीमा रहेको बताए ।

विद्यालय शिक्षा विधेयकमा समेट्न सकिने विषयमा सन्दर्भमा आफूहरू शिक्षक महासंघसंग निरन्तर वार्तामा रहेको उनले बताए । यसअघि आइतबार बसेको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मन्त्री पन्तले एक साताको समय माग गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७