काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ अवरुद्ध

नागढुंगा–नौबिसे सडक आजदेखि जेठ २५ सम्म आंशिक बन्द


२०८२ जेठ १० शनिबार १३:२२ बजे
फाइल फोटो

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक गए रातिदेखि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२  जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्ति लोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए। कान्ति लोकपथ सडक अवरुद्ध रहेकाले हेटौंडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरेका छन् ।  

नागढुंगा–नौबिसे सडक आजदेखि जेठ २५ सम्म आंशिक बन्द
आज जेठ १० गतेदेखि काठमाडौँ प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडक १६ दिन आंशिक रूपमा बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले यसअघि नै सूचना जारी गरी नागढुंगा–नौबिसे खण्डको नागढुंगा– पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधनहरू आवतजावत रोकिने भएको हो । 

उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिने जनाइएको छ । यस अवधिमा साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरू सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ । दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने उक्त समयमा पनि निर्वाध सञ्चालन गर्न दिइने सडक योजनाले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७