‘कमेडियन’ मेक्सम गौडेल अस्वस्थ, दिल्लीको मेदान्त अस्पतालमा उपचार हुँदै


२०८२ जेठ ९ शुक्रबार १८:५४ बजे

काठमाडौँ । युवापुस्ताका चर्चित ‘कमेडियन’ मेक्सम गौडेल बिरामी भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी भारत दिल्लीको मेदान्त अस्पताल भर्ना भएका छन्। प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि उनी त्यहाँ भर्ना भएका हुन्। उनी अस्पताल भर्ना भएको कमेडियन सुमन कार्कीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

पहिलेदेखि उनले त्यहाँ फलोअप उपचार गराइरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारीले जनाएका छन् । उनले गौडेलको स्वास्थ्यमा अहिले ठिक भए पनि फलोअपका लागि त्यहाँ पुगेको जानकारी दिए। गौडेल दुई  महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् । यसअघि उनले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराएका थिए ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी थिए। ‘कमेडी च्याम्पियन’ बाट उदाएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’ मा पनि अभिनय गरेका छन्। अर्का कमेडिन सुमन कार्कीलगायत उनका सहकर्मीले सामाजिक सञ्जालबाट गौडेलको स्वास्थ्य लाभको कामना गर्दै चाँडै स्टेजमा फर्किएको हेर्न चाहेको बताएका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७