लगातार बढिरहेको सुनचाँदीको मूल्य आज घट्यो


२०८२ जेठ ९ शुक्रबार १७:५६ बजे

काठमाडौं । नेपाली बजारमा लगातार बढिरहेको सुनचाँदीको मूल्य आज (शुक्रबार) भने ओरालो लागेको छ। शुक्रबार सुनको मूल्य तोलामा ११ सय र  चाँदी २० रुपैयाँले घटेको हो । नेपाल– सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँ घटेर  प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। 

बिहीबार एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो । यसैगरी बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा खरिद बिक्री भएकोमा आज २ हजार ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७