दाहसंस्कार गर्न ठिक्क पारिएको बालिकाको शव प्रहरीले लियो नियन्त्रणमा

बुवा, काका र काकी पक्राउ


२०८२ जेठ ९ शुक्रबार १८:३७ बजे

संखुवासभा । संखुवासभामा दाहसंस्कार गर्न ठिक्क पारेको एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित उनका बुवा, काका र काकीलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरूलाई शवसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीका अनुसार उनका बुवा गोपाल र मृतककी काकी कल्पनाबीच झगडा हुँदा युनिका घाइते भएकी थिइन् ।

उनीहरूको झगडा हुँदा युनिका डिलबाट खसेर गम्भीर घाइते भएकी थिइन्न । प्रहरीका अनुसार गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइ बुहारी कल्पनाबीच घरायसी विवादमा झगडा भएको थियो । झगडाका क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ । लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो । सो विषयमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव बिहीबार नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शव गृहमा राखेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७