भोजपुरको कोटमा प्रसूति भवन निर्माण


२०८२ जेठ ९ शुक्रबार १८:५८ बजे

भोजपुर । भोजपुरको टेम्केमैयुङ–६ को प्रयासमा २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ । 
वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार संघीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो । भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा  बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अन्त्य हुने  वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताइन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७