देशका धेरै ठाउँमा आज पनि बर्षाको सम्भावना


२०८२ जेठ ९ शुक्रबार १७:५१ बजे

काठमाडौँ । देशका धेरैजसो स्थानमा आज (शुक्रबार) पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य भेगका केही ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टायता काठमाण्डौ, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, पाल्पा, संखुवासभा, खोटाङ, ओखलढुङ्गा, गोरखा, तनहुँलगायतका ठाउँमा पानी परेको हो ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरु तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हिमपातको समेत सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण केही हप्तायता दिनहुँजसो पानी परिरहेको छ । यो क्रम अझै केही दिन रहने तर लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।  यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक–दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन् ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७