नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ७८ रनले पराजित भएको छ। थाइल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो। नेपालकी कविता कुँवरले सबैभन्दा धेरै २४ रन बनाइन् । थाइल्याण्डकी ओनिचा कम्चोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन्।
यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो। थाइल्याण्डका नाट्या बोचाथम र नन्नापट कोन्चारोन्काईले अर्धशतक बनाए । नेपालका राजमती ऐरी र मनिषा उपाध्यायले १÷१ विकेट लिए। नेपाल र थाइल्याण्ड यसअघि नै एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा पुगिसकेका छन्। विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोट शीर्ष ४ टोली इङ्ग्ल्याण्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्ने छन्।