अफ्रिकन स्वाइन फिभरका कारण ३६ बंगुरको मृत्यु


२०८२ जेठ ६ मंगलबार १२:१३ बजे

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण ३६ बंगुरको मृत्यु भएको छ। स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए । 

बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बंगुरमा संक्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बंगुर फार्ममा १५ वटामा संक्रमण देखिएको छ भने सात बंगुरको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बंगुर फार्ममा २२ वटामा संक्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ।
बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बंगुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै संक्रमण देखिएको डा. महतोले बताए । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा संक्रमण देखिएको थियो ।

१२ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ  
सुनसरीको बर्जु गाउँपालिकामा रहेको इष्टर्न सुगर मिल्सले एक वर्षमा १२ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको छ। चालु आर्थिक वर्षमा बीउबाहेक १२ लाख ८० हजार ६३८ दशमलव ४९ क्विन्टल उखु क्रसिङ भएको महाप्रबन्धक पवनकुमार झाले जानकारी दिए । सबैभन्दा बढी बर्जु गाउँपालिकाबाट आएको उखु क्रसिङ भएको छ भने सबैभन्दा कम रामधुनी नगरपालिकाबाट भएको उनले बताए ।

बर्जु गाउँपालिकाबाट छ लाख ६९ हजार ५८७ दशमलव पाँच र रामधुनी नगरपालिकाबाट एक हजार १० दशमलव ३३ क्विन्टल उखु क्रसिङ भएको झाले उल्लेख गरे। उनका अनुसार जिल्लामा चार हजार ६९३ दशमलव ७१ बिघामा उखु खेती हुँदै आएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७