रास्वपाको आशंका : न्यायालयले न्याय देला कि भन्ने विश्वास गर्ने ठाउँहरू कमजोर हुँदैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै झाले न्यायालयले राजनीतिक संरक्षण गरेका कारण विश्वास कमजोर हुँदै गएको बताएका हुन् ।
‘पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले केही महिना अगाडि भन्नु भएको थियो’, सांसद झाले भने, ‘नेपाली कांग्रेसको वर्तमान गृहमन्त्रीले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो व्यक्ति परेनन् भने मलाई गाह्रो हुन्छ, भन्न जानु भएको थियो । न्यायालयले राजनीतिक संरक्षण गरेकै कारणले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको छ ।’ उनले पार्टी सभापति रवि लामिछाने गृहमन्त्री हुँदा चोरी तस्करी नियन्त्रण लिनको लागि ठूलो सफलता मिलेको भए पनि अहिलेको सरकारको ध्यान त्यता नगएको दाबी गरे ।