सांसदहरू र डीएसपी सवार गाडी ठोक्कियो


२०८२ जेठ ५ सोमबार १८:४६ बजे

विराटनगर । कोशी प्रदेशका चार सांसद सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ। सांसदहरू चढेको अल्फाबेट बीएइ १४०६ नम्बरको गाडी र जिल्ला प्रहरी कार्यालय झापमा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार बा ५ च ३५३० गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो।  दुर्घटना भएको गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ थिए । गाडीमा सामान्य क्षति पुगेको तर, कसैलाई चोट नलागेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरू सबैको अवस्था सामान्य रहेको छ। सांसद मैयाँ श्रेष्ठले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौं, तीव्र गतिमा आएको गाडीले एक्कासी ठक्कर दियो । हामी सकुशल छौं ।’ सांसदहरू कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७