‘सगरमाथा संवादमा किन एक जना पनि सरकार प्रमुख उपस्थित गराउन सकिएन ?’


२०८२ जेठ ५ सोमबार १८:५१ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सगरमाथा संवादमा सार्क मुलुकका एक जना पनि सरकार प्रमुखलाई उपस्थित गराउन नसक्नु सरकारको कूटनीतिक असफलता रहेको आरोप लगाएका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली जनताले रुचीपूर्वक प्रतिक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क मुलुकका एकजनापति प्रमुख उपस्थित नहुनु दुःखद भएको बताए ।  

‘जेठ २ गतेदेखि आयोजना गरिएको सगरमाथा संवाद २५ बुँदे घोषणापत्र जारी गर्दै सकियो र जलवायुसम्बन्धी हाम्रा आवाजहरुलाई, हाम्रा मुद्दाहरुलाई विश्वसामु हामीले उजागरपनि ग¥यौँ,’ कुँवरले भने, ‘नेपाली जनताले रुचीपूर्वक प्रतिक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क मुलुक बाहिरका प्रधानमन्त्री सरकार प्रमुखलाई सहभागी गराउन सक्नु भएन होला तर आफै अध्यक्ष भएको सार्क मुलुकका एक जना पनि सरकार प्रमुखलाई उपस्थिति गराउन नसक्नुलाई राष्ट्रिय असक्षमता वा कूटनीतिक असफलता के भन्ने ?’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७