लघुवित्त पीडितहरूको समस्या मध्ययुगीन सुदखोरी भन्दा पनि क्रूर र अमानवीय : डा. भट्टराई


२०८२ जेठ ४ आइतबार १७:५९ बजे
तस्वीरहरु : डा. भट्टराईको टवीटरबाट

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले लघुवित्त पीडितहरूको समस्या मध्ययुगीन सुदखोरी भन्दा पनि क्रूर र अमानवीय भएको टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालमार्फत देशभरबाट आएका पीडितहरूका कुरा सुनेपछि उनले यस्तो अनुभूति भएको बताएका हुन् । उनले भने, ‘झण्डै एक लाख कालोसूचीमा परेका, हजारौं फरार रहेका, सयौंले आत्महत्या गरेका र अधिकांश महिला रहेका तथ्याङ्कले आङ जिरिङ्ग हुन्छ ।’ भट्टराईले सरकारलाई तत्काल कदम चाल्नुपर्ने माग समेत गरेका छन् । सरकारले तत्काल चार वटा प्रमुख कार्य गर्नुपर्ने उनको सुझाव छ । 

पहिलो–कार्यकारी निर्णयद्वारा अर्को व्यवस्था नहुँदासम्म सबै प्रकारका ऋण असुली, कालोसूची र धरपकड बन्द गर्नुपर्ने । 
दोस्रो–उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरी लघुवित्त र मिटरब्याजी साहूकार क्षेत्रका समस्याहरूको वस्तुनिष्ठ अनुसन्धान गर्नुपर्ने । 
तेस्रो–सम्पूर्ण लघुवित्त संस्थाहरूको राष्ट्रियकरण गर्नुपर्ने, निश्चित रकमसम्मको ऋण पूर्ण वा आंशिक मिनाहा गर्नुपर्ने र बाँकीको पुनर्तालिकीकरण गर्नुपर्ने । 
चौथो–बैंक तथा वित्त क्षेत्रको संरचनात्मक सुधार गरी परजीवि वित्तीय पूँजीलाई उत्पादन र रोजगारीमूलक औद्योगिक पूँजीमा रूपान्तरण गर्नुपर्ने ।

भूमिहीन, गरीब किसान र साना व्यवसायीलाई विना धितो निर्व्याजी ऋण, सीपमूलक तालिम र उत्पादित वस्तुको बजार व्यवस्था गर्नुपर्ने उनको माग छ । 
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७