तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा भएको जनाएको छ। तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको आइतबार ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन् ।
उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिइन्। उनले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझाव समेत आउने बताइन्। सो क्रममा पत्रकार रजककी श्रीमती सुजनले उक्त घटना योजनावद्ध, षड्यन्त्रमुलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानविनका लागि आयोग समक्ष आग्रह गरिन्।