झण्डीडाँडामा ‘लाईभ पेन्टिङ’


२०८२ बैशाख २८ आइतबार १२:५८ बजे

काठमाडौं । इलामको पर्यटकीयस्थल झण्डीडाँडामा आज ‘लाइभ’ चित्र कोर्ने कार्यक्रम (लाइभ पेन्टिङ) सम्पन्न भएको छ। त्यहाँको प्रकृति र पर्यापर्यटनको बारेमा कला क्षेत्रका विद्यार्थीहरूलाई प्रकृति संस्कृति र  पर्यटनको बारेमा जानकार गराउने उदेश्यले उक्त कार्यक्रम सम्पन्न भएको हो । 

बिद्या बिकास एकेडेमीका कला शिक्षक तथा एस्क्वायर आर्टसका फाउण्डर अर्जुन बस्नेतको  नेतृत्वमा उक्त कार्यक्रम भएको हो । एकेडेमीका दर्जन कला विद्यार्थीको सहभागिता रहेको प्रत्यक्ष चित्र कोर्ने कार्यक्रम अघि सो टोलीले करसोङ पदमार्गमार्फत पदयात्रा गरी नाइट स्टे क्याम्पिङ गरेका थिए । 

कार्यक्रमको उद्देश्य झण्डी पर्यटन प्रवर्द्धन गर्न भ्रमण गर्ने, वातावरण जोगाउनु, वातावरणमा रमाउनु र त्यहाँको सुन्दर दृष्यहरू चित्रमा उतार्ने रहेको टिम लिडर बस्नेतले बताए । प्रत्यक्ष रूपमा दर्जनौं झण्डीसम्बन्धी चित्र उतारिएको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७